साउथह्याम्पटनसँग कप्तान जेम्सको नयाँ सम्झौता

खेलकुद

एजेन्सी । साउथह्याम्पटनका कप्तान जेम्स वार्डले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।साउथह्याम्पटनमा थप पाँच वर्ष रहने गरी कप्तान जेम्सले सोमबार नयाँ सम्झौता गरेका हुन् ।


नयाँ सम्झौतासँगै जेम्स सन् २०२५ सम्म क्लबमा रहने छन् ।२५ वर्षीय मिडफिल्डर जेम्स आठ वर्षको उमेरमा साउथह्याम्पटनको एकेडेमीमा आएका थिए ।

उनले सन् २०११ मा सिनियर टिममा डेब्यु गरेका थिए ।इंग्ल्यान्डका मिडफिल्डर जेम्सले गत सिजन प्रिमियर लिगको सबै खेल खेलेका थिए ।साउथह्याम्पटनका लागि जेम्सले २ सय ७८ खेलमा २४ गोल गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *